सूचना !
आदरणीय अभिभावक ज्यू,
Section (A,B,C&D)
१. शैक्षिक सत्र २०७७ को कक्षा ८ (BLE) को वार्षिक नतिजा ग्रेड सिट प्रकाशन र जानकारी २०७८ असार ०६ गते आईतबार बिहान १०ः०० बजे देखि दिउँसो १ः०० बजे सम्म गरीने भएको हुँदा विद्यालयको लेखा शाखा काउण्टरमा सम्पर्क गर्नु हुन जानकारी गराईन्छ ।
२. शैक्षिक सत्र २०७८ को लागि सिमित सिटहरुमा नयाँ भर्नाका लागि फाराम वितरण २०७८ आषाढ ६ गते देखि ११ गते सम्म गरीने जानकारी गराइन्छ ।
३. नर्सरी देखि कक्षा ६ सम्मको सिमित सिटहरुमा नयाँ विद्यार्थी भर्ना आषाढ ६
गते देखि ११ गते सम्म हुने जानकारी गराईन्छ ।
भर्ना प्रक्रियामा चाहिने प्रमाणपत्रहरु ः
– जन्म दर्ताको फोटोकपी (१ प्रती)
– मार्कसिटको फोटोकपी (१ प्रती)
– चारित्रीक प्रमाणपत्रको फोटोकपी (१ प्रती)
– पासपोर्ट साईजको फोटो (१ प्रती)
नोट ः मौखिक परीक्षाको आधारमा भर्ना छनौट गरिनेछ ।
४. कक्षा ७ र ८ को नयाँ भर्ना प्रवेश परीक्षा मितिः २०७८ आषाढ १३ गते हुनेछ ।
५. कक्षा १० का विद्यार्थीहरुले आषाढ १५ गते सम्ममा विद्यालयमा तिर्नु पर्ने बाँकी शुल्क बुझाउनु हुन जानकारी गराईन्छ ।
नोट ः विद्यालयमा आउँदा कोभिड–१९ सम्बन्धित स्वास्थ्य सावधानिका मापदण्ड पालना गर्नुहुन जानकारी गराईन्छ ।